जब माइतीघरमै खाँदै थिए, उठायो प्रहरीले [फोटोफिचर]

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान तथा छानबिनको माग गर्दै नेपालगन्जबाट २० दिनको पैदलयात्रापछि काठमाडौं आइपुगेका पीडित महिलाहरु शुक्रबार साँझ माइतीघरमा धर्ना बस्दै थिए । उनीहरुले चर्को चाराबाजी गरिरहेका थिएनन् । न्याय नपाउन्जेल त्यहीँ बस्ने भन्दै उनीहरु खुला आकाशमुनि रात छिचोल्ने तरखरमा थिए ।