कुश्मामा आन्तरिक पर्यटकको घुइँचो‚ बन्जी जम्प गर्न पाउँदैनन् पालो

पर्वत : चितवनका विमल क्षेत्री बन्जी जम्प गर्न आइतबार पर्वत सदरमुकाम कुश्मा बजाएर आए। तर‚ अग्रिम टिकट बुक नगरेकाले उनले बन्जी जम्प गर्न पाएनन्। अर्को पटक आउने भन्दै उनी फर्किए।दशैंमा लामो बिदा भएकाले त्यही मौका छोपेर साहसिक खेलका लागि आएका उनको धोको बन्जी जम्प गर्नेहरूको भीडकै कारण पछि धकेलियो।‘बन्जी जम्प गर्ने भनेर टीकाको भोलिपल्टै चितवनदेखि यहाँ आएको त पालै नपाइने रहेछ। पहिले नै बुक गरिएन‚ आएपछि सिधै जम्प गर्न पाइन्छ होला भनेको। अब अर्को बिदालाई छोप्ने गरी बुक गरेर आउनुपर्ला&s

सम्बन्धित सामग्री

साहसिक पर्यटनले फेरिँदै कुस्मा

पछिल्लो समय पर्वतको सदरमुकाम कुस्मा बजार साहसिक पर्यटनको गन्तव्य बनेसँगै आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। पर्यटकको आवागमन बढेपछि होटल व्यवसायमा लगानीसमेत बढ्न थालेको छ। कुस्मा बजारको परिचयका रूपमा रहेको बन्जी जम्प, जिप लाइन, स्विङलगायतका साहसिक खेल खेल्न तथा हेर्न आउने पर्यटक बढेका छन्। पर्यटक बढेसँगै यो ठाउँ होटलमा लगानी गर्ने व्यवसायीको समेत आकर्षणको केन्द्र बन्न थालेको छ।