चिनियाँ खानीबाट उद्धार गरिएका श्रमिक भन्छन्ः पुनर्जन्म पायौं

एजेन्सी । खानीमा फसेका ११ चिनियाँ श्रमिकको उद्धार भएपछि उनीहरूले आफूहरूले पुनः जन्म पाएको महशुस गरेको बताएका छन् भने खानीमा फसेका अझै एकको अवस्था अज्ञात रहेको छ भने १० जना मृत भेटिएका छन् ।दुई हप्ता पछि आफूहरूलाई नाटकीय रूपमा उद्धार गरेपछि आफूहरूलाई यो घटना एउटा सपनाजस्तो लागेको उनीहरूले बताएका छन् । “मलाई पुनःजन्म लिएको महशुस भइरहेको छ” खानीमा जनवरी १० मा फसेकामध्ये उद्धार गरिएका डु थर भएका एक श्रमिकलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सीजीटीएनले आफ्नो समाचारमा लेखेको छ । अस्पतालमा

सम्बन्धित सामग्री

सुनखानीबाट उद्धार गरिएका श्रमिक भन्छन्-‘मैले पुनर्जन्म पाएको महशुस गरेको छु’

उनले भने, “पहिलो नौ दिनसम्म हामीसँग खानेकुरा थिएन । हाम्रो उद्धारमा खटिने अधिकारीलाई व्यक्त गर्ने शब्द नै छैन । धेरै खुशी छौँ ।” डु उद्धार गरिएका श्रमिकमध्ये आफू जीवितै रहेको सूचना पठाउने एक श्रमिक हुन् । जसका कारण उनीहरूलाई नौ दिनपछि पहिलो पटक औषधि, खानेकुरा र सूचना आदानप्रदानका लागि खानीभित्र फोन पठाइएको थियो ।