काठमाडौँ– हिमालयन बैंक र नेपाल क्लियरिङ हाउसबीच ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौता अनुसार हिमालयन बैंक नेपाल राष्ट्र बैंक बाट स्वीकृत प्राप्त गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुनेछ । प्रथम चरणमा ‘नेपालप्ले क्यूआर’ सञ्चालन गरी ग्राहकहरूलाई सुविधाहरू प्रदान गरिनेछ । सम्झौतापत्रमा हिमालयन […]