दार्चुला तुईन प्रकरणमा नेपालले आज भारतलाई औपचारिक पत्र पठाउने

काठमाडौं । दार्चुला तुईन प्रकरणमा नेपाल सरकारले आज भारतलाई औपचारिक पत्र पठाउने भएको छ । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी समाल्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाले भारतसँग कुटनीतिक पहल थाल्न निर्देशन दिएपछि परराष्ट्र मन्त्रालयले आज पत्राचार गर्न लागेको हो । दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्नेक्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनामा भारतीय सिमा सुरक्षा बल एसएसबीको दोष […]