काठमाण्डौ - विगतका वर्षमा यतिबेला लाखौँ विद्यार्थी नयाँ उत्साहका साथ विद्यालय गइरहेका हुन्थे । एक वर्षसम्म पढेको कक्षालाई छोडेर नयाँ कक्षामा उनीहरुको पढ्ने जाँगर नै छुटै हुन्थ्यो । माथिल्लो कक्षामा पुगेको उत्साहले उनीहरु फुरुङ हुन्थे । अनि कोही नयाँ स्कुल जाँदा नयाँ साथीसँग रमाउँथे । कोही पुरानै स्कुलमा साथीसँगका पुराना यादहर...