भंगहाको कार्यपालिका सदस्य विजय मण्डलको पद खारेज

१२ जेठ, जनकपुरधाम। महोत्तरीको भंगहा नगरपालिकाको कार्यपालिका सदस्य विजय मण्डलको पद उच्च अदालतले बदर गर्ने फैसला गरेको छ। उच्च अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र रामेश्वर रेग्मीको संयुक्त इजलासले मण्डलको कार्यपालिका सदस्य बदरको फैसला सुनाएको हो । काँग्रेसबाट मेयर पदमा पराजित भएपछि मण्डल कार्यपालिका सदस्यका लागि अल्पसंख्यक सूचिबाट निर्वाचित भएका थिए । अल्पसंख्यक अन्तर्गत धानुक (मण्डल) […]

सम्बन्धित सामग्री

नगर प्रमुख र सदस्यबिच विवाद

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र कार्यपालिका सदस्यबिच विवाद चर्किंदै गएको छ । उपमहानगरपालिकाले राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङसम्बन्धी कार्यविधि–२०८० लाई लिएर विवाद चर्किएको हो । नगर प्रमुख हमाल कार्यविधि जसरी पनि लागु गर्ने पक्षमा हुनुहुन्छ भने बहुसङ्ख्यक कार्यपालिका सदस्य कार्यविधि खारेज हुनुपर्ने पक्षमा देखिएका छन् । नगर प्रमुखको निर्णयबाट असन्तुष्ट सदस्यले कार्यविधि चोर बाटो अपनाइ प्रक्रियाविपरीत आएको जिकिर गरेका छन् । नगर प्रमुख हमालको एकल निर्णयबाट अवैधानिक तरिकाले कार्यविधि राजपत्रमा प्रकाशित भएको आरोप सदस्यहरूको छ । जग्गा प्लटिङ गर्दा बाटोको चौडाइ १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ ।