डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीले शुक्रबार दल दर्ताका लागि निवेदन दिने भएका छन् । चौधरी स्रोतका अनुसार शुक्रबार नै चौधरीले दल दर्ताका लागि कारागार कार्यालयमा निवेदन दिने भएका छन् । यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनी छुट्टै पार्टी खोल्ने तयारीमा रहेका हुन् । चौधरीले ‘नागरिक प्र