बुटवल – लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन्। राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको छ। जसका कारण त्यहाँ अध्ययनरत झण्डै एक हजार प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थी समस्यामा परेका हुन्। केही हप्ताअघि प्रदेश सरकारले लालमटियामा रहेको प्राविधिक शिक्षालयको भवनबाटै […]