-भुवन कार्कीआसन्न निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका एमालेका गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय वाकयुद्धमा उत्रिएका छन् ।विगतमा एउटै पार्टीमा लामो समयसम्म रहेर अहिले आपसमै प्रतिस्पर्धी बनेका कारण पनि उनीहरु एक अर्काको सबल र दुर्बल दुवै पक्षसँग परिचित छन् । त्यसैले दुवैले आफ्नो चुनाव प्रचारलाई आक्रामक तुल्याएका छन् ।झाँक्रीलाई मतदाताको घरदैलोमा पुग्न उनलाई भ्याइ–नभ्याइ छ । घरदैलोको क्रममा आयोेजित कोणसभाहरुलाई सम्बो