काठमाण्डाै - मनसुन सक्रिय नरहेकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान भने रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, राति कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
गएराति पनि काठमाण्डौसहित केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी परेको थियो । अहिले भने देशका धेरै ठाउँमा घाम...