मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको रोड म्याम नेपाल राष्ट्र बैंकले व्यापक कर्जा लगानीलाई नियन्त्रण गर्ने नीति लिएको छ । बुधबार एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने ऋणमा १५० प्रतिशतसम्म जोखिम भारको व्यवस्था गरेको हो । बैंकले आयातका लागि लिइने ट्रस्ट रिसिटदेखि, मार्जिन ल्यान्डिङ (सेयर धितो कर्जा), हायर पर्चेज, गाडी, रियल इस्टेटलगायत क्षेत्रमा जाने कर्जाको जोखिम भार एक सय प्रतिशतदेखि १५० प्रतिशतसम्म पुर्याएको छ । सर्कुलर अनुस