महामारीमा सहयोगी हातहरू - सङ्क्रमितलाई अस्पताल र अक्सिजन खोज्ने अभियान

कोरोना सङ्क्रमण दिनहुँ बढिरहेको छ । धेरैले अस्पतालमा शय्या नपाएको गुनासो  गरिरहेका छन् । यस्तो बेला नागरिकका प्रतिनिधि भने सत्ता स्वार्थको खेलमा व्यस्त छन् ।सरकार र जिम्मेवार दलहरुको ध्यान महामारी रोकथाम र नियन्त्रणमा भन्दा राजनीतिक दाउपेचमा केन्द्रीत भइरहेकाे बेला केही सामाजिक अभियन्ताहरु नागरिकको जीवनरक्षामा जुटेका छन् । उनीहरुले सामूहिक रुपमा बिरामीको लागि अक्सिजनको जोहो गरिदिने, शय्या खोजिदिने, समस्यामा परेकाको गुनासो सुनेर समस्या समाधानका लागि पहल गरिदिने लगायतका काम थालेका छन् । महामारीको बेला स्वःस्फूर्त र...