हमासले इजरायलबाट नियन्त्रणमा लिएर गाजा लगेकामध्ये दजनौं बन्धक छुटे पनि नेपालका विपीन जोशीलाई आजसम्म छोडिएको छैन । विपीन कहा कुन अवस्थामा छन् भन्ने पनि अहिले सम्म प्रस्ट हुन सकेको छैन । प्रश्न उठ्छ, अन्य देशका त्यती धेरै बन्धक छुट्दा समेत किन विपीनलाई छाडिएन ? नेपाल सरकारको कूटनीतिक पहल कहाँ पुगेन ? विपीनको सन्दर्भमा नेपाल सरकार सुरुमै चुकेको थियो ।