रुसले सम्बन्ध वा तनाव के चुन्ने? – अमेरिकी उपविदेशमन्त्री शरमन

अमेरिकाकी उपविदेशमन्त्री वेण्डी शरमनले रुसलाई चेतावनी दिँदै पश्चिमी देशसँग राजनीतिक सम्बन्ध वा तनावबीच एउटा विकल्प छनोट गर्न भनेकी छन्। युक्रेनमा जारी तनावलाई लिएर नेटो देश र रुसबीच वार्ता भएको थियो। सो वार्तापछि अमेरिकी उपविदेशमन्त्री शरमनले राजनीतिक सम्बन्ध वा तनाव के चुन्ने भन्ने विकल्प रुससँग रहेको बताएकी हुन्। रुसका उपविदेशमन्त्री एलेक्जेण्डर ग्रश्कोका अनुसार रुसले नेटोसँग युक्रेन […]

सम्बन्धित सामग्री

युक्रेनको विषयलाई लिएर रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाको टिप्पणी

युक्रेनको विषयलाई लिएर रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाले टिप्पणी गरेको छ । अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कुटनीतिक वा मुठभेडमध्ये एउटा रोज्नैपर्ने भन्दै चेतावनी दिनुभएको छ । उत्तर एट्लान्टिक सन्धी सङ्गठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै उहाँले यो चेतावनी दिनुभएको हो । युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्यसहित ब्रसेल्समा नेटो र रुस काउन्सिलको वार्ता भएको थियो । रुसले युक्रेन नेटोमा सामेल हुन नहुने बताउँदै आएको छ । सन् १९४९ मा स्थापना भएको नेटो प्रतिरक्षाका लागि ...

चीन र अमेरिकाबीच फेरि बढ्यो तनाव : अमेरिकी वाणिज्य मन्त्रीमाथि चीनको प्रतिबन्ध

चीनले अमेरिकाको वाणिज्य मन्त्री विल्बर रोससमेत कयौँ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले हङकङमा चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको प्रतिक्रिया स्वरूप चीनले यो फैसला लिएको हो ।अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मन चीन भ्रमणमा निस्कने दिन चीनले यस्तो घोषणा गरेको हो । बाइडेन प्रशासनले चीनको यस फैसलालाई ‘निरर्थक’ र ‘निराशावादी’ करार गरेको छ । अमेरिकीले हङकङमा चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध त्यस क्षेत्रमा भएको कारबाहीमा उनीहरूको कथित भूमिकालाई लिएर लगाएको