जथाभावी मुलुक चिनाउने टेलिभिजनले माग्यो माफी

सोल, (एजेन्सी) । दक्षिण कोरियाले टोकियो ओलम्पिकको उद्घाटन समारोहका क्रममा आफ्नो सञ्चार माध्यमबाट मुलुकहरू चिनाउने क्रममा पिज्जा फर इटाली, ड्राकुल्ला फर रोमानिया एन्ड चेर्नोबिल फर युक्रेन शीर्षकसहितका तस्वीरहरू प्रदर्शन गरेकोमा दर्शकहरूको प्रतिक्रिया र विरोधपछि माफी मागेको छ । दर्शकहरूले यी दृश्य प्रसारणलाई ‘हस्तक्षेपकारी’ र ‘घिनलाग्दो’ भन्दै विरोध प्रतिक्रिया दिएपछि एमबीसी टेलिभिजन च्यानलले दर्शकसमक्ष क्षमायाचना गरेको […]

सम्बन्धित सामग्री

मन्त्री पाण्डेबारे जथाभावी आरोप लगाएका सांसद बजगाईले मागे माफी

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटन मन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् ।

मन्त्री पाण्डेबारे जथाभावी आरोप लगाएका सांसद बजगाईले मागे माफी

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटन मन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् ।

किन होला ?

आज हरेक नेपालीलाई राजनीतिमा धेरै लगाव छ । तर देशसँग राष्ट्रिय नेताको नितान्त अभाव छ । यहाँ गरीबी हटाउने भनेर सबैले राजनीति गरिरहेका छन् । तर गरीबका नाममा केवल आआफ्नै पेट पो भरिरहेका छन् । त्यो राजनीतिबाट न कुनै गरीब सुखी र खुशी देखिन्छन् । न त धनी, न त उद्योगी व्यवसायी, न त सरकारी हाकिम वा कर्मचारी । सांसद मन्त्री बन्यो भने हरेक दिन मन्त्रालय जान हतारिन्छ । सांसद मात्रै रहुन्जेल भने हाटा गरेर भत्ता मात्र पक्का गर्छ ।   किन होला ? जता हेर्‍यो, त्यतै घोटालै घोटाला छ, हजारौं लाखौंको होइन, करोडौं, अर्बौंको हवाला छ । त्यत्रो धन नेताहरूले के गर्छन् होला, सोचेरै हैरान छु । आफू भने कसरी बाँच्ने, सर्वसाधारण कसरी बाँच्लान् भन्नेमै परेशान छु । पहुँचवालालाई त सरकारले करोडौं रुपैयाँ सित्तैमा दिन्छ पटक पटक । सत्ता र भत्ताकै लागि गठबन्धन बनाउने र तोड्ने चलिरहन्छ चटकै चटक । निमुखालाई चैं भित्तैमा पुर्‍याउने पटक पटक ? किन होला ? हिजोसम्म कुकुरहरूसँग जो लड्थे अगाडि हुन्थ्यो हड्डी, आज तिनै कुर्सीका लागि आपसमा लड्दै छन् कबड्डी । हिजो जो दुई छाक खान र एकसरो लाउनकै लागि थिए लाचार, आज एकअर्कोको पेटमाथि पो भएछन् सवार । समयले सबैको गर्ला नै हिसाब किताब । तर त्यो त पछिको कुरा न हो । निमुखाले भोगिसकेको त्रासदीको चाहिँ कसले र कहिले गर्ला हिसाब ? कुरा चैं जहिले पनि एउटा सुनौलो भविष्यकै हुन्छ । र सरकारचैं जहिले पनि भोका नांगाकै बन्छ । तर भोका नांगाहरू रोई नै रहने अवस्था हुन्छ । किन होला ? हुन पनि हो । जिन्दगीभरि भोको कोही जब चुनाव जितेर आउँछ, उसले आफ्नै पेट भर्ने उपायबाहेक अरू के गर्छ ? त्यसैले त नाँगा, लफंगा, लुटेराहरू मन्त्री बन्छन् । अनि नांगोले जीउभरि कपडा लाउँछ र अपराधीले आफ्नो रेकर्ड सुधार्छ । अरूको भने केही हुन्छ कि भन्ने आशैआशमा दशकौं यसै खेर गए । तर बलात्कारीहरू एक एक गर्दै जेलबाट त्यसै छुट्ने धेरै भए । किन होला ? सभा, गोष्ठीका नाममा जलपान, झोलपान गर्ने उनीहरू । गरीब, दलितका कोटाका लाभ झोलामा भर्ने उनीहरू । यहाँसम्म कि जेलमै बस्नुपरे पनि त्यहीँ फाइभ स्टार होटलको सुविधा लिने पनि उनीहरू । हामीले मन्त्र पढेर ल्याएको यो कस्तो तन्त्र हो ? जनता सधैं दुविधामा नेताहरू सुविधै सुविधामा । किन होला ? सर्वसाधारणका लागि अब त दुई छाक खाने सुविधाको पनि अभाव छ भारी । यो लाचारीमा पनि नेताकै छ लावालस्करसहित विशेष सवारी । यस्तोमा यो सुशासन र विकासको नारा किन खोक्ने ? विकास गर्छु भनेर फुँइ लाउनेले फेरि संसद्मा जाँदा घाटाको बजेट ब्रिफकेसमा बोक्ने । किन होला ? अहिलेसम्म सरकारी अर्थशास्त्र र विकासको मोडल यस्तोे देखिन्छ– जग्गाजमीन बेचेर गाडी, मोटरसाइकल किन्ने । रेमिट्यान्स ल्याएर टीभी, फ्रिज र स्मार्टफोन किन्ने  । गाउँको पुर्खाको सम्पत्ति बेचेर शहरमा डेरामा बस्ने वा गाउँको जग्गा बेचेर विदेश गई कमाएर फेरि शहरमा जग्गा किन्ने । दुईचार पैसा कमाउने चाहिँ स्वीट्जरल्याण्ड वा थाइल्यान्डतिरै घुम्न हिँड््ने । यस्तो किन होला ? नाटक र चलचित्रमा पहिल्यै लेखिएको हुन्छ स्क्रिप्ट सोहीअनुसार नै अभिनय गरिन्छ भन्ने हामी सबैलाई छ स्पष्ट । तर पनि हलमा गएर ताली ठोक्न छाड्दैनौं । त्यस्तै, राजनीतिक नाटकमा टपर्टुइयाँ नेताका बकवास गालीमा ताली पिट्न छाडेका छैनौं । यस्तै तालीले त तिनलाई जाली बनाको होला । तैपनि यस्तैले अझै यो देश बनाउँछन् भनेर विश्वास छाडेका छैनौं । हैन, नेपालीलाई यस्तो के भाको र किन होला ? देशमा जो भेट्यो, उही देश बिग्य्रो, बर्बाद भयो भनेर छक्कै यो बर्बाद पार्ने चाहिँ को होला ? अर्कै ग्रहको नेपाली कि हामी आफै ? ढुंगा, माटो र पानीले बनेको देश त कसरी बिग्रन्थो होला र ? बिग्रेको त हामी जनता नै हौं, अरू को होला ? हामी घरको फोहोर जथाभावी फ्याँक्ने अनि सरकारले सफा गरेन भन्दै सराप्ने । आफू वरको सिन्को पर नसार्ने अनि अर्काले गरेन भन्ने । आफू एक इन्च जमीन नछाड्ने अनि बाटो फराकिलो चाहिने । आफू चाहिँ आफ्नै स्वार्थमा अल्झिने अरूलाई भने भगवान् जस्तो भइदेओस् भन्ने । सबैभन्दा पहिले त हाम्रो नियत र चरित्र पनि त सफा हुन छ आवश्यक । नियत सफा भएपछि शहर त आफै सफा भैहाल्छ । यति सामान्य कुरा पनि बुझ्न नखोज्ने हाम्रो रबैया छ । किन होला ? हाम्रो देशमा जुनसुकै दलको भए पनि जो सुकै सरकारमा गए पनि सरकारहरू एउटा कुरामा भने अत्यन्त सफल छन् । हरेक पटक सिन्को नभाँची आफ्नो कार्यकाल सिध्याइदिन्छन् । सधैं यस्तो किन होला ? किनकि सच्चा नियत तिम्रो न थियो, न छ, न हुनेछ काममा इमान तिम्रो न थियो, न छ, न हुनेछ तिम्रो धन्दा नै हो कि तिमी जनताको पाकेट मारिरहन्छौ तर पनि माफी माग्ने बानी तिम्रो न थियोे, न छ, न हुनेछ ।

पत्रकारविरुद्ध जथाभावी लेख्ने स्वास्थ्यकर्मीले मागे माफी

११ माघ, जनकपुरधाम । समाचार लेखेको निहुमा पत्रकारका विषयमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने स्वास्थ्यकर्मीले माफी मागेका छन् । धनुषाको बटेश्वर गाउँपालिकामा कार्यरत सिनियर अहेब महेश कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा अनलाइनखबर डटकमका पत्रकार शैलेन्द्र महतोसँग माफी मागेका हुन् । स्वास्थ्यकर्मी साहले आफ्नो चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा जथाभावी आरोप लगाएर तस्वीरसहित पोस्ट राखेको भन्दै […]

युएईका राजकुमारद्वारा नेपाल डिपोर्ट हुन नपर्नेगरी पत्रकार पाण्डेको सजाय माफ

सजाय माफी पाएपछी पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै अबुधावीस्थित नेपाली दूतावासका पदाधिकारीले उजुरी दिएपछि उनी पक्राउ परेका थिए ।