‘बारकोड स्टिकर’ हेरेर मात्र जारको पानी किन्न आग्रह

नेपाल बोटल वाटर उद्योग संघले ‘बारकोड स्टिकर’ हेरेर जारको पानी किन्न आग्रह गरेको छ । खानेपानीमा बारम्बार गुणस्तरको प्रश्न उठेपछि संघले ‘बारकोड स्टिकर’ हेरेर जारको पानी खरिद गरिदिन आग्रह गरेको हो । ‘सर्वसाधरणलाई गुणस्तरीय पानी उपलब्ध गराउन संघले सेन्ट्रल ल्याव राखेर गुणस्तर परीक्षण सुरु गरेको छ ।