तातोपानी नाकामा ट्रान्सपोर्ट कम्पनीबीच विवाद

सिन्धुपाल्चोक । नेपालको उत्तरी नाका तातोपानी हुँदै चीनबाट सामान ल्याउने ट्रान्सपोर्ट कम्पनीबीच भएको विवादले आयात नै प्रभावित हुने देखिएको छ । केही वर्षदेखि सिल्क ट्रान्सपोर्टले मात्रै एकलौटी सामान आयात गरेको यो नाकामा केही महीनादेखि अन्य दुई ट्रान्सपोर्ट कम्पनीले सामान ल्याउन अनुमति पाएसँगै विवाद शुरू भएको हो । विवादका कारण तातोपानी भन्सारको आयातमा समस्या उत्पन्न भएको छ । तातोपानी नाकामा सिल्क ट्रान्सपोर्ट, नमस्ते ग्लोबल लजिस्टिक र रिवान्जे ट्रान्सपोर्टले चीनबाट सामान ल्याउने गर्छन् । नमस्ते ट्रान्सपोर्टले सामान आयातका लागि चीनबाट जति माग आउँछ त्यतिमात्रै कन्टेनर पठाउ भन्ने र सिल्क ट्रान्सपोर्टले क्यूमा गाडी राखेर सामान आयात गर्ने भनेपछि ट्रान्सपोर्ट कम्पनीबीच विवाद देखिएको हो । सामान बोक्नका लागि सिल्क ट्रान्सपोर्टको ५२ ओटा, नमस्ते ग्लोबल लजिस्टिकको ३२ ओटा र रिवान्जे ट्रान्सपोर्टको १२ ओटा कन्टेनर छन् । विवाद सुल्झाउन तीनओटै ट्रान्सपोर्टका प्रतिनिधिहरू र तातोपानी भन्सार कार्यालयका अधिकारीहरूसहितको टोलीले पटकपटक वार्ता र छलफल गरे पनि समाधान भने हुन नसकेको नमस्ते ट्रान्सपोर्टका सञ्चालक दानोर्बु शेर्पाले बताए । ‘जजसको सामान छ, जसले जुन ट्रान्सपोर्टको कन्टेनर माग गर्छ त्यही पठाउन पाउनुपर्छ भन्ने हाम्रो कुरा हो,’ शेर्पाले भने, ‘तर, सिल्क ट्रान्सपोर्टका सञ्चालकहरू मान्नु हुँदैन, त्यसकारण विवाद मिल्न सकेको छैन ।’ चीनमा गएर गाडी त्यत्तिकै बस्नुपर्दा १ दिनको २ हजार आरएमबी तिर्नुपर्ने हुँदा जति माग आउँछ त्यतिमात्रै कन्टेनर पठाउन आपूmहरूले भनेको उनले बताए । ‘हाम्रो चाहना खुल्ला प्रतिस्पर्धाबाट सामान आयात होस् भन्ने मात्रै हो,’ शेर्पाले भने । सिल्क ट्रान्सपोर्टका कल्याण सिलवालले भने नाकामा प्रतिस्पर्धा गर्न आएका अन्य ट्रान्सपोर्ट कम्पनीले दादागिरी गर्न खोजेका कारण समस्या उत्पन्न भएको बताए । ‘उहाँहरू आपैm विवाद गर्न आउनुभएको हो, हामीले त मिलेर काम गरौं भनिरहेका छौं’, सिलवालले भने । ट्रान्सपोर्ट कम्पनीबीच हुने विवादले आयात प्रभावित भएको तातोपानी भन्सारका प्रमुख नारद गौतमले बताए । चिनियाँ भन्सारमा जसको पहिला जाँचपास हुन्छ, त्यही कन्टेनर मितेरी पुल आउँछ । त्यही पालोमा नेपालमा सामान ढुवानी गर्ने व्यवस्था मिलाउने गरेको उनले बताए ।

सम्बन्धित सामग्री

तातोपानी नाकामा ट्रान्सपोर्ट कम्पनीबीच विवाद

काठमाडौं - तातोपानी नाका हुँदै चीनबाट सामान ल्याउने ट्रान्सपोर्ट कम्पनीबीच विवाद भएको छ । सामान आयात गर्ने विषयमा ट्रान्सपोर्ट कम्पनीबीच विवाद भएको हो । सिल्क ट्रान्सपोर्ट, नमस्ते ग्लोबल लजिष्टिक र रिवान्जे ट्रान्सपोर्टले चीनबाट सामान आयात गर्ने गरेका छन् । नमस्ते ट्रान्सपोटले आयातका लागि जति माग आउँछ त्यतिमात्रै गाडी पठाउँदै आएको छ । …

चीनबाट रासायनिक मल आउन शुरू

सिन्धुपाल्चोक । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन शुरू गरेको छ । तातोपानी नाका हुँदै ३४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए । हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो । तर चिनियाँ पक्षले समन्वयकारी भूमिका निर्वाह नगरेको हुँदा लामो समयसम्म सो मल खासा क्षेत्रमै रेकिएर रहेको सिल्क ट्रान्सपोर्ट प्रालिले आरोप लगाएको छ । किसानहरुले धानबाली भिœयाई सकेपछि आलु तथा गहुँबाली शुरू गर्ने गर्दछन् । त्यसका लागि मलको अभाव हुन नदिने उद्देश्य राखी कृषि सामग्री कम्पनीले चीनबाट मल झिकाउन समयमै ठेक्का प्रक्रिया पु¥याएको थियोे । यद्यपि चिनियाँ पक्षले समयमै नेपाल पठाउन चासो नदिएपछि मल आउन ढिलाइ भएको हो । नेपाल सरकारले यसअघि पनि साल्ट टे«डिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल मगाएको थियो । रासस

चीनबाट रासायनिक मल आउन सुरु

चौतारा– कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु भएको छ। तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए। हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक […]

रसुवा नाकामा ट्रान्सपोर्ट एजेन्टको मनलाग्दी

चिनियाँ पक्षले कोभिड–१९ का कारण रसुवा नाका पारी स्वास्थ्य प्रोटोकल अपनाउँदा रसुवा नाका हुँदै कारोबार गर्ने नेपाली व्यवसायी महंगो भाडा तिर्न बाध्य बनेका छन् । रसुवा नाकाबाट भित्रिने सामग्री बोकेका कन्टेनरमा चिनियाँ ट्रान्सपोर्ट एजेन्टले जथाभावी भाडा दर तोक्दा केरुङ–रसुवाअन्तर्गत २६ किलोमिटर सडकको भाडा करिब नौ लाख रुपैयाँ तिर्न व्यवसायी बाध्य बनेका हुन् ।सिन्धुपाल्चोकको तातोपानी नाका […]