राजनीतिक पहुँचकै आधारमा १ जना करार कर्मचारीलाई  ३ वटा शाखाको जिम्मेवारी

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एक जना करार कर्मचारीलाई तीन वटा शाखाको जिम्मेवारी दिइएको छ । पालिकाका करार कर्मचारी राजेशकुमार झाले पालिकाको सूचना अधिकारीको पदसँगै विपद जोखिम न्युनिकरण अधिकृत र शिक्षा शाखा प्रमुखको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको हो । राजनीतिक पहुँचका आधारमा उहाँलाई तीन वटा जिम्मेवारी दिइएको आरोप लाग्ने गरेको छ । उहाँ कर्मचारी भएर पनि खुलेर राजनीति गरिरहेको गाउँपालिकाकै उपाध्यक्ष सुचिता यादवको भनाइ छ । यस्तै झा ठेक्कापट्टा गर्ने तथा गैरसरकारी क्षेत्रमा पनि संलग्न हुने र ...