भूकम्पले क्षति पुराएका १५० विद्यालय पुनर्निर्माण

सिन्धुलीमा भूकम्पले क्षति पुराएका १५० वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले भत्केका ३२२ वटा विद्यालय भवनमध्ये १५० वटा पुनर्निर्माण भएका हुन् ।

सम्बन्धित सामग्री

भूकम्पले ध्वस्त विद्यालय पुनर्निर्माण

२०७२ साल वैशाखको भूकम्पले ध्वस्त भएका सिन्धुपाल्चोकका अधिकांश विद्यालय पुनर्निर्माण भएका छन् । सरकार र दातृ निकायको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको हो ।

भूकम्पले भत्किएका विद्यालय अझै बनेनन् चिसोमा पनि टहरोमै पढ्न बाध्य

भूकम्पले ध्वस्त बनाएको हिमाली क्षेत्रका विद्यालय पुनर्निर्माण नहुँदा साढे छ वर्षदेखि विद्यार्थीले टहरामा चिसोले कठ्याङ्ग्रिएरै पढ्न बाध्य छन् । तीन नगरपालिका र नौ गाउँपालिकाका हिमाली भेगका क्षतिग्रस्त विद्यालय सरकार र दाताले पुनर्निर्माण नगर्दा विद्यार्थीले टहरामा पढ्नुपरेको हो । भोटेकोसी, त्रिपुरासुन्दरी, सुनकोसी, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिकाका लेकाली भेगका विद्यालयका विद्यार्थीले जाडोमा टहरामा पढ्नुपरेको छ ।

बागलुङमा १७९ ओटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न

वैशाख १४, बागलुङ । बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा विसं २०७२ को भूकम्पबाट क्षति पुगेका १७९ विद्यालय भवनको पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जानकारी दिएको छ ।  भूकम्प गएको ६ वर्ष बितिसक्दा विद्यालय पुनर्निर्माणले अन्तिम रुप लिन थालेको छ । बागलुङमा भूकम्पले भत्काएका करीब सबै विद्यालय पुनर्निर्माण भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनर्निर्माणमा तदारुकता दिएपछि विद्यालय भवन ठडिएका हुन् । बागलुङमा पुनर्निर्माण कार्यालय (शिक्षा) स्थापना भएपछि आव २०७३/७४ मा १४, २०७४/७५ मा १४, २०७५/७६ पहिलो चरणमा ४०, दोस्रो चरणमा ३८, २०७६/७७ को पहिलो चरणमा आठ, दोस्रो चरणमा ६५ ओटा विद्यालय पुनर्निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख मतिलाल चपाईंले जानकारी दिए ।  आव २०७६/७७ को दोस्रो चरणका विद्यालयको भौतिक प्रगति ८० प्रतिशत पुगेको र यसअघिका सबै विद्यालय निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।  ‘अन्तिम चरणका केही भवन हस्तान्तरण हुन बाँकी रहेको र केही भवन दुर्गमका हिसाबले ढिलागरी निर्माण भइरहेकाले केही प्रतिशत बाहेक १७९ विद्यालय पुनर्निर्माण भइसकेको छ’, चपाईंले भने, ‘अब विद्यालयको पुनर्निर्माण लगभग सकिएको छ, सरकारले अब बन्ने विद्यालयको जिम्मा स्थानीय तहलाई दिने माथिको कार्यविधि छ ।’ बन्दाबन्दीमा भवन निर्माणले गति लिएपछि भौतिक प्रगति सन्तोषजक देखिएको छ ।  यसैगरी प्राधिकरणले आव २०७५/७५ को दोस्रो चरणमा २५, २०७६/७७ को पहिलो चरणमा आठ र ६ खानेपानी आयोजना र २०७६/७७ को दोस्रो चरणमा २५ शौचालय र २५ ओटा खानेपानी आयोजना निर्माणधीन अवस्थामा रहेको तथा यसको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ ।  बागलुङमा निर्माण भएका १७९ विद्यालयमा ८२ ओटा चार कोठे, २९ ओटा तीन कोठे र ६८ ओटा दुई कोठे विद्यालय निर्माण गरिएको हो । भूकम्पले क्षति पुर्‍याएका २१५ विद्यालय मध्येबाट दुर्गम, विद्यार्थी संख्या तथा मौजुदा भवनको अवस्था हेरेर नयाँ भवन निर्माण गरिएको हो ।  प्राधिकरण शिक्षाका इञ्जिनीयर रामानन्द देवका अनुसार चार कोठे भवनका लागि रू. ७० लाख ४० हजार, तीन कोठे भवन निर्माणका लागि रू. ३५ लाख ७० हजार, दुई कोठे भवन निर्माणका लागि रू. २३ लाख ९० हजार, शौचालय निर्माणका लागि रू. १५ लाख र खानेपानी आयोजनाका लागि सात लाख बजेट विनियोजन हुँदै आएको छ । भौगोलिक अवस्था तथा ढुवानी खर्च हेरेर केही बजेटमा हेरफेर पर्न सक्ने एकाइले जानकारी दिएको छ । रासस

लमजुङमा डेढ सय विद्यालय पुनर्निर्माण

०७२ को भुकम्पपछि टहरोमा पठनपाठन हुँदै आएका लमजुङका विद्यालय पुनर्निर्माण गरिएको छ । विनासकारी भुकम्पले क्षति पुर्‍याएका १ सय ४७ वटा विद्यालयको पुनर्निर्माण गरिएको हो । शिक्षा विभाग र राष्ट्रिय पुनर्निर्माण...

भूकम्पबाट क्षतिग्रस्त ६ हजार बढी विद्यालय पुनर्निर्माण

काठमाडौं : भूकम्प गएको झण्डै ६ वर्षमा ६ हजार भन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ सालको भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्‍याएकोमा सात हजार पाँच सय ५३ विद्यालयमा पुनर्निर्माण गर्ने सरकारको कार्यक्रम छ। बिहिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको विद्यालय पुनर्निर्माण सम्बन्धी पत्रकार सम्मेलनमा एकाइ (शिक्षा) का अधिकृत यदु विक्रम

भएन विद्यालय पुनर्निर्माण, विद्यार्थी अझै टहरामै

सिन्धुपाल्चोक – भूकम्पले क्षति पुर्याएका विद्यालयको पुनर्निर्माणको काम अझै हुन सकेकाे छैन । तीन वर्षभित्रै सबै विद्यालय भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य निर्धारण गरिएकोमा अहिलेसम्म १६१ विद्यालयको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पमा जिल्लाका ५४७ विद्यालय ध्वस्त भएका थिए । शिक्षा विकास तथा समन्वय जिल्ला आयोजना कार्य...

भूकम्पले क्षति भएका विद्यालय पुनर्निर्माण

रामेछापको सुनापति गाउँपालिका–१, गुन्सीमा रहेको शतलिङ्गेश्वर माध्यमिक विद्यालयको भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । २०७२ सालको महाभूकम्पले क्षति भएको विद्यालयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत पुनर्निर्माण भएको हो ।

भूकम्पले भत्किएकामध्ये २५ सय विद्यालय तयार - Karobar National Economic Daily

काठमाडौं: २ वर्षअघि गएको भूकम्पले भत्काएर पुनर्निर्माण र नवनिर्माण गर्नुपर्ने ७ हजार ९ सय ७१ विद्यालयमध्ये हालसम्म २ हजार ४ सय ५६ विद्यालय पुनर्निर्माण भइसकेका छन् । यसमा कतिपय विद्यालय…