काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको छ। निर्वाचन आयोगले देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको जानकारी दिएको हो। आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको जनाएको छ।आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ।