नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा जारी आन्दोलनमा उपत्यकामा रहने सबै कानून व्यवसायीको सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।
एसोसिएसनको सचिव अधिवक्ता मनोजकुमार चौधरीले एक विज्ञप्ति जारी गर्दै बिहान ११ बजेदेखि १२ बजेसम्म गरिने सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रममा उपत्यकामा रहेका सबै कानून व्यवसायीको सक्रिय सहभागिताका लागि आह्वान गरेका हुन् ।
एसोसिएसन न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणका लागि विगत डेढ महिनाअघि देखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरी आन्दोलनमा छ ।
एस...