जहाजबाट ओर्लने बित्तिकै लगेज स्टेशनमा नै सामान समात्न आउने ट्याक्सी ड्राइभर देखा परेनन्। लाग्यो, देश धेरै अनुशासित भइसकेछ।
लगेज गुडाउँदै हामी तीन जना अगाडि बढयौँ। बल्ल बल्ल एउटा ट्याक्सी फेला पर्यो। त्यसमा सबै मिलेर जान पर्यो भनेको ट्याक्सीले एक जना बाहेक अरूलाई लान मिल्दैन भनि पटक्कै मान्दै मानेन।