कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, १५ सय ७० संक्रमित थपिए

काठमाडौं : देशभर पछिल्लो समय कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय २७  जना पुगेको छ।थप ११ हजार तीन सय ६५ जनाको कोरोना परीक्षण गर्दा एक हजार पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस अवधिमा ६ हजार एक सय ४६ जना कोरोना मुक्त भएका छन्।त्यस्तै काठमाडौंमा तीन सय ५०,भक्तपुरमा २८ र ललितपुरमा ५९ जना गरी उपत्यकाभित्र ४ सय ३७ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सम्बन्धित सामग्री

थप १३ जनाको मृत्यु, १५७० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप १३ जना कोभिड१९ संक्रमितको मृत्यु भएको छ । यसै अवधिमा १५ सय ७० जना नयाँ संक्रमित थपिएका छन् ।