महिला अधिकारकर्मी कमला भासिनको निधन

महिला अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनलाई केही महिनाअघि क्यान्सर रोगको पुष्टि भएको थियो । अधिकारकर्मी कविता श्रीवास्तावाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भासिनको निधनको जानकारी दिएकी हुन् ।उनले लेखेकी छन्, ‘हाम्रो प्रिय मित्र कमला भासिनको २५ सेप्टेम्बर बिहान ३ बजे निधन भएको छ । दक्षिण एसियाली क्षेत्र र भारतमा महिला अभियानका लागि यो ठूलो धक्का हो । कठिनाइका बीच पनि उनले सधैँ आफ्नो जीवन खुसी साथ बिताइन् । कमला तिमी सधैँ हाम्रो हृदयमा रहिरहनेछौँ ।’भासिनको जन्म सन् १९४६ अप्र