भारतको सर्वोच्च अदालतमा 'लापता लेडिज' प्रदर्शन गरिने

भारतको सर्वोच्च अदालत स्थापनाको ७७ औं वर्षगाँठका अवसरमा शुक्रबार 'लापता लेडिज' चलचित्र प्रदर्शन गरिने भएको छ । निर्देशक किरण राव र निर्मातासमेत रहेका अभिनेता आमिर खान प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा उपस्थित रहने लाइभ ल अनलाइन पोर्टलले जनाएको छ ।