काठमाडौं। परराष्ट्रमन्त्री पदबाट हटेलगत्तै प्रदीपकुमार ज्ञवालीले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्। आज बिहानै पुल्चोकस्थित सरकारी निवास छोड्ने जानकारी दिँदै उनले प्रयोग गर्दै आएका सवारीसाधन र ल्यापटप(म्याकबुक प्रो) शुक्रबार नै मन्त्रालयलाई फिर्ता दिइसकेको बताए। भनेका छन्,“मेरो खातामा७ लाख४१ हजार७७५.६० रुपैयाँ बचत रहेको र केही घरायसी सामान एवं दुईसय जति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल भएको छैन।”