फोटो सार्वजनिक गर्दै बेलारुसले भन्यो, ‘युक्रेन र रुसबीचको शान्ति वार्ताका लागि स्थान तयार’

 बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलको वार्ताका लागि स्थान तयार भएको बताएको छ । बेलारुसको यो बयान यस्तो समय आएको हो जब युक्रेनमाथि मस्कोको हमला पाँच दिन भइसकेको छ ।वार्ताका लागि युक्रेन र बेलारुसको सीमा नजिकै एउटा स्थान तयार पारिएको छ । युक्रेन आफ्नो राजदूतलाई त्यहाँ पठाउनका लागि तयार भएको छ ।रिपोर्टका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसी आक्रमणमा समावेश हुनका लागि आफू सेना पठाउन तयार भएको बताइसकेका छन् । यति हुँदा हुँदै पनि युक्रेन आफ्नो प्रतिनिधिमण्डललाई वार्ताका