कालिञ्चोक कुरीमा स्की तालिम

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घको संयुक्त आयोजनामा दोलखाको कालिञ्चोक कुरीमा एक हप्ते स्की तह–१ तालिम सुरु भएको छ । मनोरञ्जनात्मक स्की खेलका माध्यमले आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्ने उद्देश्यले यो तालिम सुरु गरिएको प्रतिष्ठानका निर्देशक उत्तम भट्टराईले जानकारी दिनुभयो । यो तालिममा प्रशिक्षार्थीलाई स्की खेल्ने तरिका, शरीरको सन्तुलनलगायतका सीप सिकाइनेछ । तालिममा चार जना प्रशिक्षक र १९ जना प्रशिक्षार्थी रहेको आयोजकले जानकारी दिएका छन् ।

सम्बन्धित सामग्री

पर्यटन प्रवर्दन गर्न कालिञ्चोकमा स्की तालिम

दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएसँगै साहसिक स्की खेल भएको छ । काठमाडौंबाट १५० किलोमिटर टाढा ३ हजार ५ सय मिटर उचाइमा रहेको कालिञ्चोकस्थित कुरीमा पाँच दिने स्की तालिम र खेलसमेत सञ्चालन भएको छ ।काठमाडौंबाट नजिक रहेको र यातायातको समेत सहज पहुँच भएपछि दोलखाको कालिञ्चोक र शैलुङ क्षेत्रमा केही वर्षयता स्की खेलमा मनोरञ्जन लिने र तालिम […]