बैतडीमा जीप दुर्घटना : तीनको मृत्यु, ११ घाइते

रासस। सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। घटनामा ११जना घाइते भएका छन्। मृत्युहुने सिगास– ३का जयसिंह धामी, मानसिंह साउद र रामसिंह धामी रहेका छन्। उनीहरु तीनैजनाको घटनास्थमै मृत्यु भएको जनाइएको छ। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

सम्बन्धित सामग्री

डडेल्धुरातर्फ गइरहेको जीप दुर्घटना : तीनको मृत्यु, ११ घाइते

बैतडी । सिगास गाउँपालिका-३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।