युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थीको बाढी नै आएको छ । यसको असर युक्रेनी बालबालिकामा पनि परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाईंको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा बालबालिका रहेका छन् । युद्ध सुरु भएपछि प्रत्येक मिनेट ५५ बालबालिका शरणार्थी बन्न बाध्य भएका छन् । अर्थात् प्रत्येक सेकेन्डमा एक बच्चा शरणार्थी बनेका छन् ।कयौँ बच्चाहरु आमा र भाइ–बहिनीका साथ कठिन यात्रा गर्न बाध्य भएका छन् । आमा–बुवा आफ्ना छोराछोरीलाई के भएको