काठमाडौं : हवाई मार्ग हुँदै छिमेकी राष्ट्र भारतबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार क्वारेन्टाइनका लागि ८ वटा होटलको नाम सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार विमानस्थलबाट ओर्लिएपछि उनीहरूलाई सीधै होटेलको क्वारेन्टाइनमा लगिने छ। ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम,रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट होटेल, भक्तपुरको ए वान रिसोर्ट, फार्म हाउस रिसोर्टलाई तोकिएको छ।
एक यात्रुबाट प्रत्येक दिनको ३ हजारसम्म होटलले लिन पाउने ...