काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (Nepal Stock Exchange)ले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (Nepal investment mega bank) को संस्थापक शेयर कारोबार सम्बन्धी धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुलाई अनुरोध गरेको छ ।
साविक नेपाल इन्भेष्टमेण्ट बैंक र साविक मेगा बैंक एकआपसमा मर्जर भएपश्चात् नेपाल इन्भेष्टमेन्ण्ट मेगा बैंकको नामबाट दोस्रो बजारमा कारोबार भइरहेको छ ।
साविक नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक शेयर ‘फ्रीली ट्रेडेबल र फ्रीली नन–ट्रेडेबल’ रहेकोमा हाल मर्जरपश्चात् दोस्रो बजारमार्फत संस्थापक शेयर ‘एनआइएमबीपीओ’ बिक्री गर्दा बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटलसँग यकिन गरी कारोबार गर्न ब्रोकर (Broker) हरू लाई अनुरोध गरेको छ ।