नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले कुपण्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिसिङ सेन्टर 'गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर' संचालनमा ल्याएको छ।
नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगालमा नयाँ सर्भिसिङ सेन्टर संचालनमा ल्याएको हो।
यहाँ मोटरसाइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने कम्पनीले जनाएको छ। यो सर्भिसिङ सेन्टर...