कपिलवस्तु नगरपालिका–६ सेमरीकी कलिमून निशा तीन सन्तान जन्माउँदासम्म एक किलोमिटर दूरीमा रहेको स्वास्थ्यचौकी कहिल्यै गइनन् । उनै कलिमून चौथो पटक भने सुत्केरी हुन तिलौराकोट स्वास्थ्य चौकीमा गइन् । गत साउन २३ मा १० घण्टाजति लामो व्यथापछि स्वस्थ शिशु जन्माइन् ।