प्रदेश-२ सरकारले मास्क नलगाउने सेवाग्राहीलाई सरकारी सेवा नदिने

जनकपुरधाम । प्रदेश-२ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सरकारी सेवा प्रवाह नगर्ने भएको छ । प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज (आइतबार) बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा कमी आएको बैठकले […]