जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनतालाई जल, जंगल र जमिनमा अधिकार प्राप्त नभएसम्म पूर्ण संघीयताको लागि आन्दोलन जारी रहने बताएका छन् ।जनकपुरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मुलुकमा स्वेच्छाचारिताको अन्त्य र लोकतन्त्र रक्षाका लागि अनिवार्य आवश्यकता अनुसार पाँच दलबीच गठबन्धन भएको बताए । नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम तथा संघीयतालाई मजबुत बनाउन लडाई जारी नै रहेको उनको भनाइ थियो ।उनले कतिपय पार्टीहरू संघीयतालाई कार्यान्वयन गर्न नै