श्री लालीगुराँस बहुउद्देश्यीयले मनायो २१ औं वार्षिकोत्सव

पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही, सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशमशेर थापाले केक काटेर वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र सेयर सदस्यहरूको उपस्थिति थियो ।