पोखरा महानगरले अनुदान र पहिचानका लागि शुरु गर्यो कृषक परिचयपत्र वितरण

पोखरा । पोखरा महानगरपालिकाले कृषकलाई परिचयपत्र वितरण सुरु गरेको छ । महानगर क्षेत्र भित्रका कृषकहरुको पहिचाहन गरी अनुदान र सहयोग उपलब्ध गराउने योजना अनुसार महानगरले पहिलो पटक परिचय वितरण गरेको हो ।गण्डकी प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री लेखबाहदुर थापा मगरले शुक्रबार एक कार्यक्रमका वीच कृषकलाई परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ गरेका छन् । उनले पोखराका पोल्टी ब्यवसायी तेजबहादुर भट्टराईलाई परिचयपत्र हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।कार्यक्रममा मन्त्री थापा मगरले परिचयपत्र वित