भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ४५४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७२० पुगेको छ ।  विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ३१५ जनामा कोरोना संक्रमण दखिएको छ...