मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रूपान्तरणको अभियानमार्फत् महत्त्वपूर्ण काम गरिरहेको बताएका छन् ।
मंगलवार प्रदेश सरकार स्थापना भएको ४ वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, विसंगतिहरूलाई अन्त्य गर्नका लागि सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको बताए ।
उनले समाजमा पछि पारिएका महिला, दलित लगायतका उत्पीडितलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरेको बताए । यस अवधिसम्म बेटी पढाऔं, बेटी बचाऔं अभिय...