प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान धुजाधुजा बनाए : शेरबहादुर देउवा

काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले राष्ट्रपतिको गरिमा राख्न नसकेको बताएका छन् । सोमबार विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको बताएका हुन् ।‘संविधानको ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । त्यो आधार हामीले प्रस्तुत गरेपनि प्रधानमन्त्री