जनताले एमालेलाई माया गरेर मत दिए : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा जनताले एमालेलाई माया गरेर धेरै मत दिएको बताएका छन् । जनसंगठन समन्वय संयन्त्रको बैठकमा बोल्दै ओलीले एमालेलाई जनताले मत दिएपनि नेतापिच्छे उम्मेदवार ठिक भएन भन्दै न्यायाधीश बन्दा हारिएको बताएका छन् । स्थानीय तहमा दोस्रो भएपनि मतमा एमाले पहिलो भएको ओलीले बताए । ‘हामीले पालिका कम जित्यौं होला । त्यस आधारमा हामी कमजोर देखिएको हुनसक्छ ।’ ओलीको भनाई उदृत गर्दै केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘तर, जनमतमा एमाले पहिलो दल भएको छ