काठमाडौं, ५ भदौ । एक क्विन्टल भनिएको सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ। मङ्गलबार कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्य दलले समितिको प्रारम्भिक मस्यौदा तयार गरेको हो। सोमबार बसेको सर्वदलीय बैठकले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन […]
महान्याधिवक्ता डा. दिनमणि पोखरेल सुन प्रकरण संगठित अपराध भएकाले यसमा प्रहरीबाहेक अरुलाई अनुसन्धान गर्ने अधिकार नभएको बताउँछन् । ‘सुन प्रकरणको अनुसन्धानका क्रममा यो संगठित अपराध भएको संकेतहरु देखिएपछि राजश्व अनुसन्धान विभागबाट प्रहरीलाई छानबिनका लागि जिम्मा लगाइएको हो', उनले भने, ‘यो फौजदारी अपराध हो र अनुसन्धान गरेर अदालतमा अभियोग लैजानुपर्ने विषय भएकाले पनि यसमा प्रहरीबाटै अनुसन्धान हुनुपर्छ ।'
काठमाण्डाै - राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ ।
बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताउनुभयो । संसदीय छानबिन समिति बनाइएको खण्डमा यो समितिमा राष्ट्रियसभाका सांसदको पनि प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाइ छ ।
विमानस्थलबाट सुन तस्करी प्रकर...