बझाङ – गएको असोजमा परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले केदार स्युँ गाँउपालिका र थलारा गाँउपालिका जोड्ने झोलुङ्गे पुल बगाएपछि यहाँका स्थानीयवासीलाई समस्या परेको छ ।
वर्षौँ पुरानो झोलुङ्गे पुल बाढीले बगाएपछि थलारा गाँउपालिकाको वडा नम्बर १ र २ का सबै गाँउहरु र डोटी जिल्लाका केही स्थानीयवासीलाई समेत समस्या परेको छ । थलाराका रेगम, पिपलकोट, चुथी, बगडा, मोरायल, खरायल, थापागाँउ, तेलिमाडु लगायत गाँउका स्थानीयलाई सेती नदी वारपार गर्न समस्या भएको छ । यस्तै डोटीका सायल गाँउपालिका अन्तरगत पर्ने बनिया, छपा...