मकरमेला अवधिभर पनौतीमा टिप्पर सञ्चालनमा रोक

काभ्रे : जिल्लाको पनौती नगरपालिकामा मकरमेला अवधिभर टिप्पर सञ्चालनमा रोक लगाइने भएको छ।पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’लाई मद्देनजर गर्दै माघ महिनाभर नगरक्षेत्रमा टिप्पर सञ्चालनमा रोक लगाउने भएका हुन्।मकर मेलालाई व्यवस्थित बनाउन टिप्पर सञ्चालनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पनौतीमा मकरमेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ।पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत एवं मकरमेला मूल आयोजक व्यवस्थापन समितिका संयोजक इन्द्रप्रसाद अधिक