सुदूरपश्चिममा भूकम्प : डोटीमा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु

डोटी\बझाङ : डोटी केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घर भत्किएका छन् ।डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा पुरिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्