उम्मेदवार छनोट लगायत चुनावी रणनीति तय गर्न एमाले पोलिटब्युरो बैठक

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तय गर्ने उम्मेदवारको मापदण्ड लगायतका विषयमा छलफल गर्न एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन लगायतमा विषयमा ब्रिफिङ गरिरहेका छन् ।

सम्बन्धित सामग्री

एमाले पोलिटब्युरो बैठक सकियो, केन्द्रीय कमिटी बैठकका लागि ११ एजेन्डा तय

नेकपा एमालेले पोलिटब्युरो बैठकले शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेन्डा तय गरेको छ । चुनावी रणनीति तय गर्नका लागि बस्न लागेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस गर्ने मुख्य एजेन्डा छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार अध्यक्षको राजनीतिक प्रतिवेदनमा अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र सत्ता गठबन्धनका कामकारबाहीको तस्बिर प्रस्तुत हुनेछ ।