बैतडीको दोगडाकेदार गाउँपालिकास्थित चडेपानीकी भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले कपडा, रगत र ‘भेजाइनल स्वाब’ परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ ।
१७ वर्षीया भागरथीको गुप्ताङ्गबाट निकालिएको तरल पदार्थ अर्थात् ‘भेजाइनल स्वाब’, रगत, कपडालगायतका नमूना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बलात्कारपछि हत्या गरिएको आशंकामा डीएनए परीक्षणका लागि स्वाब विधि...