दर्ता नभएका ई–रिक्सालाई कारवाही गर्न मजदुर संगठनको माग

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बुटवल उपमहानगरपालिकामा दर्ता प्रक्रियामा नआउने विद्युतीय रिक्सा (ई–रिक्सा) कारवाहीको प्रक्रिया अगाडि बढाउन ट्राफिक प्रहरीलाई आग्रह गरेको छ ।  संगठनले शुक्रवार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रसिंह थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै अटो रिक्साको अविलम्ब व्यवस्थापन गरी बुटवललाई स्वच्छ र दुर्घटनारहित बनाउन आग्रह गरेको हो ।  ज्ञापनपत्र बुझाउँदै संगठनका प्रदेश अध्यक्ष कृष्ण कँडेलले बुटवल शहरलाई स्वच्छ र दुर्घटनारहित बनाउन कार्यविधि...